रोमानियामा एक महिनामै लकडाउन उल्लंघन गर्नेहरुबाट सरकारले करिब ७ करोड पाउन्ड जरिवाना संकलन गरेको छ।
२४ मार्चदेखि १९ अप्रिलसम्ममा त्यहाँ २ लाख जनालाई जरिवाना तिराइएको छ।
रोमानियामा लकडाउन उल्लंघन गर्नेलाई चर्को शुल्क लगाइएको छ। बुखारेस्टका एक मेयरलाई १ हजार ८ सय २५ पाउन्ड तिराइएको थियो।
रोमानिया २ करोड जनसंख्या भएको मुलुक हो।
यहाँका बासिन्दाले लकडाउनका बेला घरबाट निस्किनुअघि फर्म भर्नुपर्छ। सडकमा प्रहरी वा सैनिकले रोके सो फर्मका साथै परिचयपत्र देखाउनुपर्छ।
युरोपमा अन्य मुलुकले पनि व्यापक जरिवाना असुलेका छन्। फ्रान्सले ८ लाख र स्पेनले ६ लाख जनालाई लकडाउन उल्लंघनको आरोपमा जरिवाना तिराएको छ।
प्रतिक्रिया