कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन्। ती दुवै छिमेकी हुन्। अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ।
प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ। स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका छन्।
पीडितहरुले अपराध गर्नुभन्दा पनि सहनु गलत भएको जनाउँदै उनीहरुलाई कारवाहीको माग गरेका छन्। रासस
प्रतिक्रिया