कोरोना संक्रमण आशंकामा प्रदेश १ मा छ महिला र १७ पुरुष गरी हाल २३ जना आइसोलेशनमा छन्।
उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा बसेका हुन्। प्रदेश १ मा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ।
धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ। होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन्।
प्रदेश १ मा हालसम्म १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उनीहरु दुई जना नेपाली र ११ जना भारतीय नागरिक हुन्।
प्रतिक्रिया