साझा पार्टीले कोरोना कहर लम्बिँदै जादा भविष्यमा भोकमा छटपटाएकाहरू देखिने सम्भावना प्रबल रहेकाले त्यसको पूर्व तयारी स्वरुप मुठ्ठीदान अभियान सुरु गरेको छ।
साझाले शुक्रबारबाट सुरु गरेको अभियानको उदेश्य छुट्याएको चामल अलिक धेरै जम्मा भएपछि आफ्नो टोल छिमेक गाउँका अफ्ठेरोमा परेकाहरूलाई दिऔँ भन्ने रहेको पार्टीका केन्द्रीय सदस्य शरद राज पाठकले बताए।
उनले साझाका सदस्यहरुले समेत त्यसै गर्ने जनाए। साझाले पुर्खाले हरेक साँझ-बिहान कसौँडीमा हालेको चामलबाट एक मुठी झिकेर दिनदुखीका लागि छुट्याउँने गरेकोव र अहिले त्यसै गर्ने बेला आएको जनाएको छ।
कोरोना कहर लम्बिँदै जाँदा यसले हाम्रा टोल-छिमेक/गाउँमा साँझ बिहानको खाना जोहो गर्न नसकी भोकले छटपटाएका नागरिकहरूलाई राहात पुग्ने पार्टीको विश्वास छ।
साथै पार्टीले अभियानलाई फैलाउन आफूले छुट्याएको चामलको फोटो खिचेर #SajhaMutthidan ह्यासट्याग प्रयोग गरिदिन पनि अनुरोध गरेको छ।
प्रतिक्रिया