ad ad

समाज


प्रहरीको छविमा आँच आउने व्यवहार नगर्न हेडक्वार्टरको १० बुँदे निर्देशन

प्रहरीको छविमा आँच आउने व्यवहार नगर्न हेडक्वार्टरको १० बुँदे निर्देशन

उजिर कार्की
बैशाख ५, २०७७ शुक्रबार १५:४०,

स्वास्थ्यकर्मी तथा औषधि लिएर फर्किएका व्यक्तिलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई संयमित भएर काम गर्न निर्देशन दिएको छ। शुक्रबार सात वटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई १० बुँदे निर्देशन दिँदै जनगुनासो बढ्ने तथा प्रहरीको छविमा आँच आउने व्यवहार नगर्न सचेत गराएको हो।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले अब त्यस्ता गतिविधि हुन नपाउने गरी कार्यालय प्रमुख स्वयम् जिम्मेवार भई निर्देशन अक्षरसः पालना गराउन निर्देशन दिएका हुन्।

लकडाउन कार्यन्वयनमा परिचालन पूर्व प्रहरी कर्मचारीहरुलाई अनिवार्य ब्रिफिङ गर्न, आवतजावतका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने पासको बारेमा अनिवार्य जानकारी गराउन, अत्यावश्यक सेवा अन्तरगत पर्ने तथा आवत जावत गर्न पाउनेहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउन र खटिने प्रहरी कर्मचारीलाई आफ्नो काम कर्तव्यको बारेमा बोध गराउन निर्देशन दिइएको छ।

सर्वसाधारणलाई दुव्र्यवहार, कुटपिट अनावश्यक हैरानी जस्ता गतिविधि नगरि मानवोचित व्यवहार गर्न र आकस्मिक तथा काम विशेषले आवतजावत गर्नु परेमा कहाँ, कसलाई जानकारी गराउनु पर्ने हो सो सम्बन्धमा सर्वसाधारणलाई सञ्चारमाध्यमहरुबाट जानकारी गराउने व्यवस्था मिलाउन पनि परिपत्रमा भनिएको छ।

यस्तै, खटिने कर्मचारीलाई आफ्नो स्वास्थ्यको ख्याल गरी चेकजाँच तथा सोधपुछ गर्न र खटाएको ड्युटीहरुको नियमित अनुगमन गर्ने व्यवस्था गर्न प्रदेश तथा महानगरीय प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको छ।

प्रहरी कर्मचारीको बर्दी लगाई आफ्नो परिवार तथा आफन्तहरुलाई लिई गरिने लामो यात्राहरुमा रोक लगाउन र संगठनको छविमा आँच आउने किसिमका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्न एआईजी पालले निर्देशन दिएका छन्।

यसअघि बुधबार साँझ महाराजगन्जमा तीन जना चिकित्सकमाथि कुटपिट भएपछि प्रहरीको चर्को आलोचना भएको थियो। त्यो घटना सेलाउन नपाउँदै कलंकीमा औषधि किनेर फर्किएका सर्वसाधारणमाथि कुटपिट भएपछि प्रधान कार्यालयले निर्देशन जारी गरेको हो।

घटनामा संलग्न महाराजगन्ज वृत्तका डीएसपी उमेश लम्साल र एक जवानलाई जिम्मेवारीबाट तानिएको छ।

कोरोना भाइरसका कारण घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केही प्रहरी कर्मचारीबाट भएका दुव्र्यवहारका घटना भएको प्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधान कार्यालयले घटनामा संलग्न उपर छानबिन भईरहेको जानकारी गराएको छ। छानविनका लागि एसएसपी किरण बज्रचार्यको संयोजकत्वमा बिहीबार तीन सदस्यीय समिति गठन गरेको छ।

अहिलेको प्रतिकूल परिस्थितिको गाम्भिर्यतालाई आत्मसाथ गरी प्रहरी कार्यमा सहयोग गर्न आग्रह गर्दै प्रहरी कर्मचारीबाट कुनै दुव्र्यवहारका घटना भए तत्काल खबर गर्न पनि आग्रह गरिएको छ।

प्रहरीले दुव्र्यवहार गरे निःशुल्क फोन नं १००, १११३, प्रहरी परिचालन कक्षमा ०१– ४४१२७८०, ९८५१२८३२७३, उजुरी छानबिन – ९८५१२९३००० र केन्द्रीय प्रहरी प्रवक्ता ९८५१२९२१११ मा खबर गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .