ad ad

समाज


दूतावास भन्छः बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४९ पुग्यो

दूतावास भन्छः बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४९ पुग्यो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १५:२४,

नेपालीहरूको रोजगार गन्तव्य बहराइनमा ४९ नेपाली कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन्। मनामास्थित नेपाली दूतावसका अनुसार पछिल्लो परीक्षणका क्रममा थप २७ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या एक हप्तामै थपिएको हो।

अघिल्लो शुक्रबारसम्म त्यहाँ २२ नेपाली संक्रमित देखिइसकेका छन्।

‘संक्रमित हुनेमा पछिल्लो पटक २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ’, दूतावासले शुक्रबार जारी गरेको कोरोना अपडेट सूचनामा भनिएको छ।

रोजगारीका लागि खाडी मुलुक पुगेका नेपाली कोरोनाका कारण चपेटामा छन्। कुवेतमा १४, युएई १२, साउदी ४ जना नेपाली कोरोनाबाट संक्रमित छन्। बहराइनमा सबैभन्दा बढी नेपाली संक्रमणमा परेका हुन्।

बहराइनमा कोरोनाबाट शुक्रबारसम्म ७ जनाले ज्यान गुमाएका छन्, ९९० संक्रमित छन्।

नेपाली दूतावासका अनुसार बराइनमा बिना कागजात रहेका कामदारलाई त्यहाँको सरकारले वैधानिक हुन वा बहराइन छोड्न २०२० डिसेम्बर ३१ सम्मको समय दिएको छ।

दूतावसले शुक्रबार जारी गरेको कोरोना अपडेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .