लुटन एन्ड डन्स्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स म्यारी अग्वीवा अग्यापोङको आइतबार मृत्यु भएको बीबीसीले जनाएको छ।
म्यारीको निधन हुनासाथ शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। ती शिशुको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ।
म्यारीले पाँच वर्ष उक्त अस्पतालमा काम गरेकी थिइन्। कोरोना संक्रमित बनेकी म्यारीलाई गत अप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो।
बेलायतमा अहिले ९८ हजार ४७६ कोरोना संक्रमित छन्। त्यहाँ १२ हजार ८६८ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया