कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारण बिहीबारसम्म २० लाख ८४ हजारभन्दा बढी मानिसहरु संक्रमित बनेका छन्।
हालसम्म २० लाख ८४ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ। यस भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ६६९ जनाको मृत्यु भएको छ।
दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हालसम्म उपचारपछि ५ लाख १५ हजार १४७ स्वस्थ बनेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। त्यहाँ ६ लाख ४४ हजार ३४८ संक्रमित छन् भने २८ हजार ५४४ को मृत्यु भइसकेको छ।
स्पेनमा १ लाख ८० हजार संक्रमित छन्भने इटलीमा १ लाख ६५ हजार संक्रमित छन्। एजेन्सी
प्रतिक्रिया