ad ad

समाज


कोरोनाविरुद्धको खोप: चीनमा दोस्रो चरणको परीक्षण सुरु

कोरोनाविरुद्धको खोप: चीनमा दोस्रो चरणको परीक्षण सुरु

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ९:४,

कोरोना भाइरसविरुद्धको खोप बनाउन विश्वभरका दर्जनौँ मुलुकबीच प्रतिस्पर्धा चलिरहेको छ। चिनियाँ वैज्ञानिकहरुले भने पहिलो पटक खोपको दोस्रो चरणको परीक्षण सुरु गरेका छन्।

महामारीको सुरुवात भएको वुहानमै खोपको दोस्रो चरणको परीक्षण सुरु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

सो खोप चीनको एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेजस्थित इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले विकास गरेको हो।

आइतबार ५ सय स्वयंसेवकलाई खोप लगाइएको बताइएको छ।

स्वयंसेवकमध्ये सबैभन्दा वृद्ध व्यक्ति ८४ वर्षका छन्।

खोपको पहिलो चरणको परीक्षण मार्चमा भएको थियो। जुन सुरक्षामा केन्द्रित रहेकोमा दोस्रो चरणको परीक्षण भने यसको प्रभाविकारितामा केन्द्रित हुने बताइएको छ।

पहिलो चरणको परीक्षणमा खोप लिएकाहरुमा ज्वरो, दुखाइ, सुन्निने समस्या देखिएको थियो। जुन २४ घण्टामा सामान्य बनेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .