ad ad

समाज


कोरोनाविरुद्ध ७० खोप द्रुत गतिमा विकास हुँदै, तीनवटा परीक्षण क्रममाः डब्ल्यूएचओ

कोरोनाविरुद्ध ७० खोप द्रुत गतिमा विकास हुँदै, तीनवटा परीक्षण क्रममाः डब्ल्यूएचओ

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ७:५४,

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकासमा यतिबेला विश्वका वैज्ञानिक जोडतोडसाथ लागिरहेका छन्।

यस क्रममा अहिले ७० किसिमका सम्भावित खोप विकास भइरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ।

डब्ल्यूएचओका अनुसार तीमध्ये तीनवटा खोप मानिसमा परीक्षण गर्ने क्रममा छन्।

त्यसमा बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप पहिलो नम्बरमा छ। त्यो खोप दोस्रो चरणको परीक्षणमा रहेको डब्ल्यूचओले जनाएको छ।

यस्तै अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण र्गे क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ।

कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ सम्म लाग्छ। तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। र, यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .