ad ad

समाज


कोरोनाः अमेरिकामा मृत्यु अनुपात अत्यन्तै डरलाग्दो, निको हुने दर निकै न्यून

कोरोनाः अमेरिकामा मृत्यु अनुपात अत्यन्तै डरलाग्दो, निको हुने दर निकै न्यून

नेपालखबर
बैशाख १, २०७७ सोमबार १:२९,

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ।

नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ पुगिसकेको छ।

विश्वभर कोरोनाका कारण जति संख्यामा मानिसको मृत्यु भएको छ, उपचारपछि निको हुने बिरामीको संख्या त्यसभन्दा निकै धेरै छ। अर्थात् मृत्युको तुलनामा निको हुनेको संख्या चार गुणै बढी छ।

यो खबर लेख्दासम्म विश्वमा कोरोनाका कारण १ लाख १४ हजार २ सय ८ जनाको मृत्यु भएको छ भने यसबाट संक्रमितमध्ये ४ लाख २३ हजार ४ सय मानिस उपचारपछि स्वस्थ भएका छन्।

तर अमेरिकामा कोरोनाका कारण मृत्यु हुने र उपचारपछि स्वस्थ हुनेबीचकाे अनुपात धेरै अन्तर देखिँदैन।

त्यहाँ कोरोनाबाट २२ हजार १ सय ५ जनाको मृत्यु हुँदा उपचारपछि निको हुने मानिसको संख्या ३२ हजार ६ सय ३४ मात्रै छ। यसले अमेरिकामा मृत्यु दर अत्यन्तै डरलाग्दो देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .