ad ad

समाज


वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ जना घर फिर्ता

वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ जना घर फिर्ता

नेपालखबर
चैत ३०, २०७६ आइतबार ३:१,

वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना सङ्क्रमण नदेखिएपछि घर पठाइएको छ।

क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना सङ्क्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो।

खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ। क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए।

नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए।

क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो। उनीहरु सबै भारतबाट फर्किएका हुन्।

क्वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुशी देखिएका थिए। सुर्खेतको चौकुने गाउँपालिका–७ का केशव विकले क्वारेन्टाइन बसाइ राम्रो भएको बताए।

‘शुरुशुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो’, उनले भने, ‘अब त गाउँ जाँदा पनि ढुक्क भइयो।’ नेपाल भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उनीहरुले खुसी व्यक्त गरेका छन्।

दैलेख, दुल्लु नगरपालिकाकी विष्ना बिष्टले कोरोनाको त्रास हटेको बताइन्। ‘भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशङ्का मेटियो, अब ढुक्क भइयो,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .