यसअघि काठमाडौंको एक ठाउँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुने गरेकामा शनिबार अन्य दुई स्थानमा यो सेवा सुरु भएको छ।
केही बेरअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ अपडेटअन्तर्गत नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार वीर अस्पताल र टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण सेवा सुरु भएको जानकारी दिएका हुन्।
योसँगै अब काठमाडौंमै कोरोना परीक्षण प्रयोगशाला तीन ठाउँमा सञ्चालन भएको उनले बताए।
3
Shares
प्रतिक्रिया