कोरोना संक्रमण पुष्टि भएको भोलिपल्टै बिहीबार ती किशोरको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले १५ वर्षका एक किशोरको मृत्यु भएको जानकारी दिएको छ। यद्यपी उनको कोरोना भाइरसकै कारण मृत्यु भएको हो या हैन भन्ने खुलाइएको छैन।
तर कोरोनाको संक्रमण पुष्टि भएकै भोलिपल्ट किशोरको मृत्यु भएकाले उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ।
उरारिकोइरा खोलाको रिहेबे बस्तीमा हाल यानोमामी आदिवासीहरु बस्दै आएका छन्। आदिवासी किशोरको कोरोना पुष्टि भएकै भोलिपल्ट मृत्यु भएपछि हाल ब्राजिलमा त्रास फैलिएको छ।
उक्त लोपोन्मुख समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। यस घटनाले त्रास बढाएको ब्राजिल सरकारले जनाएको छ।
ब्राजिलले आफ्नो देशको हरेक समुदाय र आदिवासीको रक्षा गर्नु आफ्नो कर्तव्य भएकाले त्यसबाट बिमुख नहुने र सबैको कोरोना परीक्षण हुने जनाएको छ।
हालसम्म ब्राजिलमा १९ हजार ९४३ जनामा कोरोना देखिएको छ। त्यहाँ एक हजार ७४ को मृत्यु भइसकेको छ। सीएनएन
प्रतिक्रिया