ad ad

समाज


प्रहरीको घरमा कार्यरत् बालिका मृत फेला

प्रहरीको घरमा कार्यरत् बालिका मृत फेला

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ८:५७,

नेपालगञ्जको बासुदेवपुरस्थित प्रहरी हवल्दारको घरमा काम गर्ने १३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्लको घरमा काम गर्ने बालिका बिहीबार राती झुण्डिएको अवस्थामा फेला परेकी हुन्। हवल्दारद्वय शाही र मल्ल दम्पत्ति हुन्।

घर नजिकैकाे रुखमा पछ्यौराको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी बालिकाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ।

घटनास्थलमा प्रहरी निरीक्षकको टोली गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज सिंहले बताए।

बाजुरा घर भएकी बालिकाका आफन्तलाई पनि प्रहरीले बोलाएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने डीएसपी सिंहले बताए।

कक्षा ६ मा पढ्ने बालिका ५ वर्षदेखि त्यहाँ बस्दै आएकी थिइन्। घरको काम गर्ने र पढाइदिने शर्तमा उनलाई त्यहाँ राखेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .