ad ad

समाज


कोरोना महामारीबीच अमेरिका पुगेका सरोज खनाल भन्छन्ः जे पर्ला तेही टर्ला!

कोरोना महामारीबीच अमेरिका पुगेका सरोज खनाल भन्छन्ः जे पर्ला तेही टर्ला!

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ०:८,

अहिले विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको अमेरिका पुगेका सरोज खनालले यस्तो संकटका बेला परिवारसँगै रहन नेपालबाट फर्किएको बताएका छन्।

नेपाली चलचित्र जगतका कलाकार खनालले सामाजिक सञ्जालमा परिवारसँगको तस्बिर सार्वजनिक गर्दै परिवारसँग समय बिताउन आफू अमेरिका आएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भने पनि यो समय परिवारसँग बिताउन उचित सम्झिए। जे पर्ला तेही टर्ला!’

Saroj Khanal

अमेरिकामा उनका पत्नी सूर्यमाया शर्मासहित सन्तान छन्।

अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक फर्काउने क्रममा नेपाली मूलका अमेरिकी नागरिक खनाल पनि गत आइतबार काठमाडौंबाट कतार एयरवेजको चार्टर्ड विमानबाट दोहा हुँदै अमेरिका गएका थिए।

लामो समयदेखि अमेरिकामा बसोबास गरेका कलाकार खनाल नेपाली मूलका अमेरिकी नागरिक हुन्।

ताजा तथ्यांकअनुसार शुक्रबार बिहान ६ बजे अमेरिकामा काेराेनाबाट १६ हजार ६३३ जनाकाे मृत्यु भइसकेकाे छ भने ४ लाख ६८ हजार २८६ संक्रमित भइसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .