विश्वभर कोरोना भाइरसबाट संक्रमित १५ लाख र मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ।
वर्ल्डओमिटरको ताजा तथ्यांक (नेपाली समय बिहीबार राति ९ः४० बजे) अनुसार विश्वभरमा कोरोना भाइरसबाट १५ लाख ४२ हजार ५६ मानिस संक्रमित भइसकेका छन् भने ९० हजार ९ सय ३० बिरामीको मृत्यु भइसकेको छ।
सँगसँगै कोरोना संक्रमितमध्ये ३ लाख ४२ हजार ३ सय ९३ जना पुनः स्वस्थ भएका छन्।
सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा देखिएका छन्। यो खबर तयार पार्दासम्म त्यहाँ ४ लाख ३६ हजार ९ सय ६९ जना यो भाइरसको संक्रमणमा परिसकेका छन्। मृतकको संख्या भने १५ हजार ७ सय ८ पुगेको छ।
यस्तै विश्वमा कोरोना संक्रमणका कारण सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १७ हजार ६ सय ६९ जनाको ज्यान गइसकेको छ भने १ लाख ३९ हजार ४ सय २२ जना कोरोनाबाट संक्रमित भएका छन्।
यस्तै स्पेनमा अहिलेसम्म कोरोनाबाट १५ हजार २ सय ३८ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५२ हजार ४ सय ४६ जना संक्रमित भएको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।
Shares
प्रतिक्रिया