ad ad

समाज


विराटनगर, जनकपुर, पाटन र बुटवलमा ठूलो मेसिनबाट कोरोनाकाे नमूना परीक्षण गरिने

विराटनगर, जनकपुर, पाटन र बुटवलमा ठूलो मेसिनबाट कोरोनाकाे नमूना परीक्षण गरिने

नेपालखबर
चैत २७, २०७६ बिहिबार ११:२८,

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को स्वाबको नमूना परीक्षण उपत्यका लगायत देशका विभिन्न १० स्थानबाट भइरहेको जनाएको छ।

बिहीबार मन्त्रालयमा आयोजित प्रेस ब्रिसिफङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले परीक्षण गर्ने स्थान वृद्धि गर्दै लगेको बताए। उनले विराटनगर, जनकपुर, पाटन र बुटवलमा ठूलो मेसिनबाट परीक्षण गर्नका लागि मेसिन जडानको लागि टोली परिचालन भइसकेको जानकारी दिए।

‘उपत्यकासहित १० स्थानका प्रयोगशालामा परीक्षण भइरहेको छ’, प्रवक्ता डा. देवकोटाले भने, ‘हामीले विराटनगर, जनकपुर, पाटन र बुटवललगायतका स्थानमा रियल टाइम पीसीआरको ठूलो मेसिनबाट परीक्षण गर्ने व्यवस्था मिलाउँदै र्छौँ, सो मेसिन जडानका लागि टोली परिचालन भइसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .