ad ad

समाज


प्रहरीको तलब काटेर कोरोना कोषमा

प्रहरीको तलब काटेर कोरोना कोषमा

नेपालखबर
चैत २६, २०७६ बुधबार ११:४९,

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) भन्दा माथिल्लाे दर्जामा कार्यरतको तलब काटेर कोरोना कोषमा जम्मा गरिने भएको छ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो।

बुधबार पठाइएको पत्रमा वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेको हो।

वैशाख महिनामा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३-३ दिनको तलब काटिने छ। असईको २ हजार ६ सय ५८ रुपैयाँ र सईको २ हजार ८ सय २० रुपैयाँ कोषमा जम्मा हुनेछ।

यस्तै प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको ५ दिनको तलब काटिने छ। प्रहरी निरीक्षकको ६ हजार, प्रहरी नायव उपरीक्षकको ६ हजार ७ सय ३० र प्रहरी उपरीक्षकको ७ हजार २ सय ४५ रुपैयाँ कोरोना कोषमा जानेछ।

प्रहरी वरिष्ठ उपरीक्षकदेखि आईजीपीसम्मको ७ दिनको तलव कोषमा जम्मा हुनेछ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको ११ हजार ५३, प्रहरी नायव महानिरीक्षक डीआईजीको ११ हजार ९ सय र प्रहरी अतिरिक्त महानिरीक्षक तथा महानिरीक्षकको ७ दिनको तलब १४ हजार १ सय ६१ रुपैयाँका दरले कोषमा जम्मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .