फेसबुक र ट्वीटर दुवैबाट बोल्सोनारोको पोस्ट हटाइएको बीबीसीले जनाएको छ।
बोल्सोनारोले एक भिडियो सन्देश जारी गर्दै ‘हाइड्रोक्लोरिक्वीन’ औषधिले कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने दाबी गरेका थिए।
हालसम्म विश्व स्वास्थ्य संगठनले कुनैपनि औषधि कोरोना भाइरसको लागि सिफारिस गरेको छैन। बोल्सोनारोले भनेको औषधि मलेरिया र लुपस रोगका लागि प्रयोग हुने गर्दछ।
यबैबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको ट्वीटर पोस्ट डिलेट भएको छ। मादुरोले ट्वीटरमा घरेलु औषधिले कोरोना निको हुने दाबी गरेका थिए।
मादुरो र बोल्सोनारोले गलत सूचना सम्प्रेषण गरेकाले पोस्टहरु डिलेट गरेको फेसबुक र ट्वीटरले जनाएको छ। एजेन्सी
प्रतिक्रिया