कोरोना भाइरस ‘कोभिड १९’ का कारण इटलीमा १० हजारभन्दा बढीको मृत्यु भएको छ।
सोमबारसम्मको तथ्यांकअनुसार इटलीमा १० हजार ७७९ जनाको मृत्यु भइसकेको छ।
हालसम्म त्यहाँ ९७ हजार ६८९ जना कोरोनाका कारण बिरामी परेका छन्। इटलीमा कोरोनाको उद्गमस्थल चीनमा भन्दा बढी संक्रमित र मृतक पुष्टि भएका छन्।
हाल विश्वमा सबैभन्दा बढी कोरोनाले ग्रस्त मुलुक भने अमेरिका हो। हालसम्म त्यहाँ १ लाख ४२ हजार ७४६ कोरोना संक्रमित छन्। २४ सय ८९ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया