सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु भएको छ।
प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण सुरु भएको हो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परीक्षण ल्याबको उद्घाटन गरेका छन्।
कारोना संक्रमणको शंका लागेका बिरामीको थ्रोट स्वाबको परीक्षण काठमाडौं बाहिर पहिलो पटक बीपी प्रतिष्ठानमा थालिएको हो।
अहिलेसम्म काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा मात्र यसको परीक्षण हुँदै आएको थियो।
ल्याबबाट दैनिक १२ जनासम्मको स्वाब परीक्षण गर्न सकिने बीपी प्रतिष्ठानका माइक्रोबाइलोजी विभागकी विभागीय प्रमुख प्राडा बशुधा खनालले जानकारी दिइन्।
आइतबारदेखि नै प्रदेश २ सरकारले जनकपुरको प्रादेशिक अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेजमा पनि कोरोका बिरामीको उपचार सुरु गरेको छ।
Shares
प्रतिक्रिया