ad ad

समाज


दुई संक्रमित युवती एउटै फ्लाइटमा कतारबाट आएका थिए नेपाल

दुई संक्रमित युवती एउटै फ्लाइटमा कतारबाट आएका थिए नेपाल

नेपालखबर
चैत १५, २०७६ शनिबार ११:८,

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका दुई युवतीमा कोरोना भाइस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

फ्रान्सबाट कतार हुँदै सोही विमानमा नेपाल आएकी एक युवतीमा चैत १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

त्यसको पाँच दिनपछि सोही बिमानबाट आएकी बागलुङकी अर्की युवतीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि चीनबाट आएका एक युवामा कोरोनाको संक्रमण देखिएको थियो। उनी स्वस्थ भएर घर फर्केका छन्। त्यस्तै युएईबाट आएका अर्का एक युवा र फ्रान्सबाट आएकी युवती टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन भने शुक्रबार भेटिएका चौथो संक्रमित युवा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरे।

आफूसँगै आएकी युवतीमा संक्रमण देखिएपछि उनी जचाउनका लागि अस्पताल पुगेकी थिइन्। उनले दिएको नमूनाको रिपोर्ट पोजेटिभ देखिएसँग उनमा कोराना संक्रमण भएको पुष्टि भएको हो।

प्रवक्ता देवकोटाले संक्रमित युवती अहिले बागलुङमै रहेको उनको स्वास्थ्य अवस्था पििन राम्रो रहेको बताए।

यसअघि फ्रान्सबाट आएकी युवती अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .