कोरोना भाइरसबाट स्पेनमा गत २४ घण्टामा ७ सय ६९ जनाको ज्यान गएको छ। यससँगै मर्नेहरुको संख्या ४ हजार ८ सय ५८ पुगेको छ।
स्पेनमा ६४ हजार ५९ संक्रमित भइसकेका छन्। पछिल्लो एक दिनमा ७ हजार ८ सय ७२ जना संक्रमित भएका छन्। यो बितेको दुई दिनको भन्दा कम संख्या हो।
बिहीबार स्वास्थ्यमन्त्री साल्भाडोर इल्लाले बिरामीहरुको संख्यामा केही स्थिरता आउने बताएका थिए। एजेन्सी
प्रतिक्रिया