ad ad

समाज


यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित सात राष्ट्र

यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित सात राष्ट्र

नेपालखबर
चैत १२, २०७६ बुधबार ८:१०,

यस भाइरसका कारण हालसम्म १८ हजार ९२५ ले ज्यान गुमाइसकेका छन्। अहिले ४ लाख २३ हजार ७२४ यस भाइरसबाट संक्रमित छन्।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको यस भाइरसले हाल युरोपमा सन्त्रास फैल्याएको छ।

कोरोना भाइरसको उत्पत्तिस्थल चीनमा कोरोना संक्रमित र मृतकको दर निकै न्युन भइसक्दा युरोपेली राष्ट्र इटली, स्पेन, जर्मनी र फ्रान्समा कोरोनाको प्रभाव बढ्दै गएको देखिएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न हात धुन, स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ।

कोरोनाको प्रभाव बढ्दै जाँदा विश्वका धेरै मुलुकले लकडाउनको नीति अबलम्ब गरेका छन्। मानिसहरुलाई घरबाट निस्कन दिइएको छैन।

कोरोनाबाट सबैभन्दा प्रभावित राष्ट्रहरु

१. चीनः ८१ हजार २१८ संक्रमित, ३ हजार २८१ को मृत्यु, ७३ हजार ६५० उपचारपछि स्वस्थ

२. इटलीः ६९ हजार १७६ संक्रमित, ६ हजार ८२० को मृत्यु, ८ हजार ३२६ उपचारपछि स्वस्थ

३. अमेरिकाः ५४ हजार ९१६ संक्रमित, ७८४ को मृत्यु, ३७९ उपचारपछि स्वस्थ

४. स्पेनः ४२ हजार ५८ संक्रमित, २ हजार ९९१ को मृत्यु, ३ हजार ७९४ उपचारपछि स्वस्थ

५. जर्मनीः ३२ हजार ९९१ संक्रमित, १५९ को मृत्यु, ३२ सय ९० उपचारपछि स्वस्थ

६. इरानः २४ हजार ८११ संक्रमित, १९ सय ३४ को मृत्यु, ८ हजार ९१३ उपचारपछि स्वस्थ

७. फ्रान्सः २२ हजार ३०४ संक्रमित, ११ सयको मृत्यु, ३२ सय ८१ उपचारपछि स्वस्थ

यो पनिः

कोरोना भाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .