ad ad

समाज


लकडाउन उल्लंघन गर्ने ३०२ सवारी साधन नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने ३०२ सवारी साधन नियन्त्रणमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ५:०,

कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३०२ सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। यो तथ्यांक लकडाउनको दोस्रो दिन बुधबार बिहान ८ बजेसम्मको हो।

सवारी साधन नियन्त्रणमा लिएर सवारी धनीलाई छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले नेपालखबरलाई जनाए।

नियन्त्रणमा लिएकामध्ये मोटरसाइकलको संख्या धेरै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहान ८ बजेसम्म २६१ वटा मोटरसाइकल र ४१ वटा चारपांग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ। 

सबैभन्दा बढी महानगरीय ट्राफिक प्रहरी प्रभाग कालिमाटीले ३० मोटरसाइकल नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठकाअनुसार घरबाट अनावश्यक रुपमा निस्केका सर्वसाधारणलाई समेत घरतर्फ नै फर्काइएको छ। अत्यावश्यक सेवा र पास भएका सवारी साधनलाई चल्न छुट दिइएको उनले बताए।

अन्य सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

कहाँ कति नियन्यत्रणमा ? ट्राफिकले उपलब्ध गराएको तथ्यांक

lockdown list

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .