ad ad

समाज


छोटी नाका प्रयोग गरी भित्रिएकालाई प्रहरीले फेरि सीमा कटायो

छोटी नाका प्रयोग गरी भित्रिएकालाई प्रहरीले फेरि सीमा कटायो

गोकुल जोशी
चैत ११, २०७६ मंगलबार ११:१५,

कञ्चनपुरको मुख्य नाका गड्डाचौकीबाट नेपाल भित्रिन खोज्नेलाई प्रहरीले रोकेपछि सयौं नेपाली अन्य साना नाका भएर नेपाल प्रवेश गरेका छन्।

गड्डाचौकीमा रोकिएकामध्ये करिब दुई सय नागरिक मंगलबार महाकाली नदी पारिको गडिगोड नाका प्रयोग गरी महाकाली नगरपालिकास्थित दोधारा–चाँदनी पुगेका छन्।

यसरी भित्रिएका उनीहरुलाई प्रहरीले गड्डाचौकीस्थित सीमा नाकामै पुर्याएको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीले उनीहरुलाई फेरि गड्डाचौकी नाका फर्काएको हो। अवैध नाका प्रयोग गर्दै दोधारा–चाँदनी पुगेका नेपालीहरुलाई नगरपालिकाको टिपर र ट्याक्टरमा रखेर गड्डाचौकी पुर्‍याइएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए।

‘गडिगोडको नाका प्रयोग गर्दै यहाँ पुगेका थिए, हामीले फेरि उनीहरुलाई गड्डाचौकी पुर्‍याएका छौँ’ उनले भने, ‘चेकजाँच नगरी भित्रिन पाइँदैन, त्यसैले चेकजाँचका लागि त्यहाँ पुर्‍याइएको हो।’

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आवागमन प्रतिबन्ध गरे पछि भारतबाट काम गरेर स्वेदश फर्किनेहरुले दोधारा–चाँदनीस्थितको नाका प्रयोग गरेका प्रहरीले जनाएको छ।

दोधारा-चाँदनी पुग्नेहरु सीमावर्ती बजार बनबासामा अलपत्र परेकामध्येकै रहेको खुलेको प्रहरी निरीक्षक बमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .