ad ad

समाज


झन् फैलिँदै कोरोना संक्रमण : मृतकको संख्या साढे १६ हजार नाघ्यो, एकै दिन १८६० ले ज्यान गुमाए

झन् फैलिँदै कोरोना संक्रमण : मृतकको संख्या साढे १६ हजार नाघ्यो, एकै दिन १८६० ले ज्यान गुमाए

नेपालखबर
चैत ११, २०७६ मंगलबार १:५०,

विश्वभर कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन्।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय १० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो मंगलबार बिहान सवा सात बजेसम्मको तथ्यांक हो।

कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ६ सय १ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ। त्यहाँ ६३ हजार ९ सय ९७ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १९४ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ७८ हजार ८ सय ४२ जनामा यसको संक्रमण पुष्टी भएको छ। १ लाख दुई हजार ६२ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ५३९, अमेरिकामा १३९, इरानमा १२७, फ्रान्समा १८६, युकेमा ५४, नेदरल्याण्डमा ३४, स्वीटजरल्यान्डमा २२, इन्डोनेसियामा १, भारतमा ३ जनाले ज्यान गुमाएका छन्।

यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १० पुगेको छ। त्यहाँ ४ सय ९९ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .