विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले अहिले विश्वभर फैलिइरहेको कोरोना (कोभिड–१९) लाई चाइनिज भाइरस भनी नामांकरण गर्नु अनुपयुक्त भनेका छन्।
उनले सन् २००९ मा उत्तर अमेरिकाबाट इन्फ्लुयन्जा शुरु भए पनि त्यसलाई कसैले पनि ‘नर्थ अमेरिका फ्लु’ नभनेको उदाहरण दिएका छन्।
उनले विपत्तिसँग जोडिएका यस्ता विषयलाई कुनै जात, क्षेत्र आदिसँग जोड्नु उचित नहुने बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई पटक पटक सार्वजनिक रुपमा चाइनिज भाइरस भनेपछि उनको भनाईले विवाद चर्काएको छ।
चिनियाँ अधिकारीले यो नामाकरणप्रति गम्भीर आपत्ति जनाइरहेका छन्।
3
Shares
प्रतिक्रिया