ad ad

समाज


ट्राफिक प्रहरीलाई चार हजार घुस दिने पक्राउ

ट्राफिक प्रहरीलाई चार हजार घुस दिने पक्राउ

नेपालखबर
चैत २, २०७६ आइतबार ६:५३,

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बा२८प ४०४२ नम्बरको मोटरसाइकल चालक प्रेमनाथ सेडाइँ रहेका छन्।

काकजपत्र बिना मोटरसाइकल चलाएका सेडाइँले शनिबार उपत्यकाको दरवारमार्गमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई चार हजार घुस दिएका थिए।

कानुनी कारबाहीबाट बच्न प्रहरीलाईआर्थिक प्रलोभनमा पार्न ओजेको भन्दै उनलाई पक्राउ गरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

 

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .