ad ad

समाज


स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

नेपालखबर
चैत २, २०७६ आइतबार ५:२०,

स्पेनी प्रधानमन्त्री पत्नी बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण भएको छ। प्रधानमन्त्री पेद्रो सान्चेज पत्नीलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ भेटिएपछि उनको उपचार प्रक्रिया सुरु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार स्वास्थ्यकर्मीले जाँच गर्दा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो।यसअघि स्पेनले मन्त्रिपरिषदका सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यतिबेला २ मन्त्रीमा कोरोना संक्रमण देखिएको थियो।

स्पेन युरोपमा इटालीपछि कोरानाबाट पीडित दोस्रो देश हो। त्यहाँ अहिलेसम्म कोरनाबाट १९३ जनाको मृत्यु भएको छ। ६ हजार २ सय ५० जना संक्रमित फेला परेका छन्।

कोरना संक्रमणको स्थितिलाई ध्याना राख्दै स्पेन सरकारले आफ्ना नागरिकलाई आपतकालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ। यो सूचना प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना संक्रमण देखिएको केही समयपछि आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .