ad ad

समाज


डब्लूएचओले भन्योः कोरोना महामारीको केन्द्रविन्दु अब युरोप

डब्लूएचओले भन्योः कोरोना महामारीको केन्द्रविन्दु अब युरोप

नेपालखबर
चैत १, २०७६ शनिबार ७:३६,

डब्लूएचओका महानिर्देशक डाक्टर टेडरोस अडह्यानम गेब्रिसियसुसले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोपमा उक्त भाइरसको प्रभाव बढ्दै गएको बताएका हुन्।

टेडरोसले युरोपेली राष्ट्रहरुलाई शनिबार कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी उपायहरु अपनाउन र समुदायमा कोरोनाविरुद्ध जनशक्ति प्रयोग गर्न आग्रह गरेका छन्।

उनले भनेका छन्,‘यो आगोलाई त्यसै जल्न नदिऊ।’

गएको २४ घण्टामा युरोपमा २ सय ५० को मृत्यु भयो भने त्यहाँ १२ सय ६६ संक्रमित बने। हाल युरोपमा २७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित छन्।

गएको २४ घण्टामा स्पेनमा कोरोनाको संक्रमितको संख्या ५० प्रतिशतले बृद्धि भएको छ। इटलीको अवस्था झनै नाजुक बन्दै गएको छ।

कोरोनाबाट प्रभावित प्रमुख युरोपेली राष्ट्रहरु

इटलीः १७ हजार ६६० संक्रमित, १२ सय ६६ को मृत्यु

स्पेनः ५ हजार २३२ संक्रमित, १३३ को मृत्यु

जर्मनीः ३ हजार ६७५ संक्रमित, ८ को मृत्यु

फ्रान्सः ३ हजार ६६१ संक्रमित, ७९ को मृत्यु

स्वीजरल्यान्डः १ हजार १३९ संक्रमित, ११ को मृत्यु

नर्वेः ९९६ संक्रमित, एकको मृत्यु

स्वीडेनः ८१४ संक्रमित, एकको मृत्यु

नेदरल्यान्ड्सः ८०४ संक्रमित, १० को मृत्यु

बेलायतः ७९८ संक्रमित, ११ को मृत्यु

युरोप बाहेक कोरोना प्रभावित राष्ट्रको सूची

चीनः ८० हजार ८२४ संक्रमित, ३१ सय ८९ को मृत्यु, ६५ हजार ५६४ उपचारपछि स्वस्थ

इरानः ११ हजार ३६५ संक्रमित, ५१४ को मृत्यु

दक्षिण कोरियाः ८ हजार ८६ संक्रमित, ७२ को मृत्यु

अमेरिकाः २ हजार ३२९ संक्रमित, ५० को मृत्यु

जापानः ७३८ संक्रमित, २१ को मृत्यु

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .