ललितपुरको नक्खु कारागारमा ज्वरो नापेर मात्रै कैदीसँग भेट गर्न दिन थालिएको छ। कोरोना भाइरसको संक्रमण कैदीमा नफैलियोस् भनेर भेट गर्न आउनेको सुरक्षा जाँचकै क्रममा ज्वरो मापन र स्यानिटाइजरको प्रयोग पछि मात्र भेटघाट गर्न दिने ब्यवस्थापन मिलाइएको कारागारका जेलर मोहन अधिकारीले बताए।
मनोसामाजिक अपांग बन्दी अस्पतालसँगको सहकार्यमा कारागारले शुक्रबारबाट भेटघाट गर्न आउनेलाई परीक्षण गर्न थालेको हो।
ज्वरो मापनको लागि इन्फ्रारेड फोरहेड थर्मोमिटरको प्रयोग गरिने र ह्यान्ड स्यानिटाइजरको लागि इम्प्रोभाइज्ड ह्यान्ड स्यानिटाइजर ड्रपको ब्यवस्था गरिएको छ। यस्तै कारागारका सुरक्षाकर्मी तथा कारागार आन्तरिक प्रशासनका चौकिदार, नाइके तथा स्वास्थ्य नाइकेहरुलाई कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी गराइएको छ।
मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालका प्रमुख राजन श्रेष्ठसहित चिकित्सकको टोलीले यस बारेमा जानकारी गराएको हो।
प्रतिक्रिया