विषाक्त घरेलु मदिरा सेवन गरेका जनकपुरका थप चार जना अस्पताल भर्ना भएका छन्।
होली पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, रमदैयामा एकै गाउँका ६ जनाको मृत्यु भएको थियो।
मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।
यो पनि : घरेलु मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त
शुक्रबार बिहान गम्भीर अवस्थाका ३ जना उपचारका लागि अस्पताल भर्ना भएकै थिए भने दिउँसो थप ४ जना अस्पताल भर्ना भएका हुन्। उनीहरुले पनि रामनन्दन साह र तरापट्टीबाली भन्ने महिलाको भट्टीमा मदिरा सेवन गरेको बताएका छन्।
उनीहरुको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
याे पनि : मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा, दुई जना पक्राउ
प्रतिक्रिया