ad ad

समाज


विप्लव समूहका बारा इन्चार्ज पक्राउ

विप्लव समूहका बारा इन्चार्ज पक्राउ

नेपालखबर
फागुन २६, २०७६ सोमबार ११:५९,

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका बारा इन्चार्ज पक्राउ परेका छन्। विप्लव समूहको नारायणी ब्युरो सदस्य समेत रहेका इन्द्रबहादुर नकडोलीलाई आइतबार साँझ चेकजाँचका क्रममा पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मकवानपुरको हेटाैंडा उपमहानगरपालिका १६ का इन्द्रबहादुर बारामा एनसेल टावरमा आगजनी तथा चन्दा असुलीमा संलग्न रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आइरहेका इन्द्रबहादुरलाई जितपुर सिमरा उपमहानगरपालिका ७ मा चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो।

उनको साथबाट ६ थान मोबाइल, नेपाल टेलिकमको ६ थान सिमकार्ड, विप्लव समूहसँग सम्बन्धित पर्चा पम्प्लेट बरामद गरेको छ।

२०७६ पुस १५ गते रात्री सिमरा र फत्तेपुरमा रहेका एनसेल टावरमा आगजनि गरेको घटनामा उनको संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .