ad ad

समाज


चितवनमा अर्का डेंगी संक्रमितको पनि मृत्यु

चितवनमा अर्का डेंगी संक्रमितको पनि मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:३०, काठमाडौँ

चितवनमा थप एकजना डेंगी संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन्। शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। ती बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो। 

शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर)को कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।  

यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको पनि डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो।  
 
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ। तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .