ad ad

कला


तोकियो ‘मिसिङ : केटी हराएको सूचना’ रिलिज डेट, कात्तिक ३० मा सौगातसँग सृष्टिको भिडन्त

तोकियो ‘मिसिङ : केटी हराएको सूचना’ रिलिज डेट, कात्तिक ३० मा सौगातसँग सृष्टिको भिडन्त

नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:४२, काठमाडौँ

दीपेन्द्र गौचनको निर्देशनमा फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को टिजर सार्वजनिक गरिएको छ। फिल्मको घोषणामै फिल्मको टिजरसहित प्रदर्शन मिति तोकिएको छ। यो फिल्म आगामी कार्तिक ३० मा रिलिज हुनेछ। 

सार्वजनिक टिजर मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन वरिपरि घुमेको छ। संवादरहित टिजरमा फिल्मका सर्ट दृश्यहरु समेटिएको छ। जसले दर्शकहरुमा उत्सुकता पैदा गर्ने निश्चित छ।  

पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा भन्नेछ। फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ।

गौचनकै लेखन र लगानी रहेको फिल्मको कार्यकारी निर्माता नकिम उद्दीन हुन्। ट्राइ–सिटी पिक्चर्सले निर्माण रहेको फिल्मलाई अमर महर्जनले खिच्नेछन्। 

योसँगै सृष्टिको फिल्म सौगात मल्लको ‘बमबहादुर’ सँग भिड्दैछ। किनकी यसअघि फिल्मटिमले कार्तिक ३० का लागि प्रदर्शन मिति तोकिसकेको छ। 
  

लामो समय प्रेमसम्बन्धमा रहेका सृष्टि र सौगातको डेढवर्षअघिनै ब्रेकअफको खबर बाहिरिएको थियो। प्रेमसन्बन्धमा नरहेपनि यी दुबैले यसैवर्ष मात्रै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .