धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
धरान उपमहानगरपालिका–१७ स्थित सडकमा प्रदेश १–०२–०५० प ५५९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको लेटाङ नगरपालिका–७ बस्ने २१ वर्षीय यादव लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।
धरानबाट चतरातर्फ जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए। उनको बिपि कोइराला
स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
204
Shares
प्रतिक्रिया