ad ad

समाज


सरकारले अब ९५ जनालाई मात्रै विभुषित गर्ने

सरकारले अब ९५ जनालाई मात्रै विभुषित गर्ने

नेपालखबर
फागुन २१, २०७६ बुधबार १५:२३,

आगामी वर्षदेखि सरकारले देशलाई विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई दिने पदकको संख्या घटाउने भएको छ।

विभुषणसम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा विभुषण गरिनेको संख्या घटाउन प्रस्ताव गरिएको हो।

आगामी वर्षदेखि बढिमा ९५ जनालाई मात्रै यस्तो समान प्रदान गरिनेछ।

नयाँ व्यवस्थाअनुसार अलङकार २७ जनालाई, मानपदवी २० जना र अन्य बिभिन्न पदक ४८ जनालाई मात्रै प्रदान गर्न प्रस्ताव गरिएको छ।

राज्यले दिने पदकको गरिमा राख्न तथा त्यसको अवमुल्यन नहोस् भनेर ऐन संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

प्रस्तावित विधेयकबारे बुधबार नेपाल कानुन आयोगले सरोकारवालासँग छलफल गरेको थियो।

गतवर्ष यी पदकबाट ६ सय ३३ जनालाई सरकारले विभुषित गरेको थियो।

गृह मन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यमा आयोगका अध्यक्ष माधवप्रसाद पौडेल, गृहसचिव, निवर्तमान गृहसचिव, विभूषण सिफारिस समितिका सदस्यहरु, प्राज्ञिक, विज्ञ, विभिन्न मन्त्रालयका प्रतिनिधि समेतको उपस्थितिमा विभूषणसम्बन्धी कानूनलाई स‌ंशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ को प्रारम्भिक मसौदामाथि छलफल गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .