ad ad

समाज


विश्व फोटो पत्रकारिता दिवस : पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरू)

विश्व फोटो पत्रकारिता दिवस : पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरू)

नेपालखबर
भदौ ३, २०८१ सोमबार १५:४२, काठमाडौँ

राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ।

सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा फोटो प्रदर्शनी आयोजना गरेको हो।

फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ।

फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै सुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए।

उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरूमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए। उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरूले खिचेका ५५ वटा हिमालका फोटाहरू राखिएको बताए।

अध्यक्ष वन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरूलाई सहज अवस्था नभएको बताए। उनले पछिल्लो समय फोटो पत्रकारहरुको पेसालाई पनि आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले चुनौति दिइरहेको बताए।

उनले एआई, मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए।

अध्यक्ष वन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरूको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।

ऐतिहासिक तस्बिरहरूले राष्ट्रको पहिचान बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .