ad ad

समाज


राशिफल ३ भदौ : सिंह जाँगरिलो हुने, मकरलाई स्वादिष्ट भोजनको अवसर, तपाईँको के?

राशिफल ३ भदौ : सिंह जाँगरिलो हुने, मकरलाई स्वादिष्ट भोजनको अवसर, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ ३, २०८१ सोमबार ४:२५, काठमाडौँ

आज सोमबार, ३ भदौ २०८१ (१९ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अरूलाई प्रभावमा पारेर काम बनाउन सकिनेछ। रमणीय र सुखद यात्रा हुनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी नै लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। प्रविधिका क्षेत्रमा उन्नति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर बढ्नेछ। पारिवारिक सम्बन्ध कसिलो बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ। श्रम परेअनुसार मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा पनि समस्या आउला। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ रातो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग छ। दैनिक कार्यमा प्रगति हुनेछ। प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। टाढा भएका पारिवारिक सदस्यसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : महत्त्वपूर्ण कामको थालनी हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जाँगर बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। मनमा उमङ्ग छाउनेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। ज्ञानमा वृद्धि हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग छन्।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : विरोधीले कमजोरीको फाइदा उठाउने प्रयत्न गर्नेछन्। अधिकारका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेरै अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : रोकिएका काम पूरा हुनेछन्। मान, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ। सुखद यात्रा हुनेछ। वृत्त क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : सामूहिक तथा रमाइलो यात्रा हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। सेयर बजारले साथ दिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : मनमा देखिने अस्थिरताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। आत्मघाती काम गर्न पुगिएला, सावधान हुनुपर्छ। पढाइलेखाइमा खासै प्रगति हुँदैन। साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन : भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग छ। प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .