साफ यू–२० च्याम्पियसिपमा श्रीलंकाविरुद्ध जित हात पारेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा अग्रता बनाएपछि खेलमा सहज भएको बताएका छन्।
खेलपछि पत्रकारसँग कुरा गर्दै प्रशिक्षक श्रेष्ठले भने, ‘पहिलो हाफमा नै अग्रता बनाएपछि आरामले खेल्ने हो, आक्रमणमा जाने हैन, त्यसैले हामीले आरामले नै खेलेको हो।’
उनले थपे, ‘हामी कस्तो टोलीसँग खेल्दैछौँ भन्ने कुराले पनि प्रभाव पर्छ, हामी आफ्नो रणनीतिमा खेल्यौँ।’
खेलमा केही खेलाडीबीच तालमेल नमिलेको जस्तो देखिएको थियो नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘टोलीमा खेलाडीको तालमेल मिलेकाले सबैले राम्रो भएको हो। क्षमता अनुसार आफूले खेलाडीको प्रयोग गरेको हुँ।’
आइतबार भएको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
खेलमा निराजन धामीले गोल नै नेपालका लागि निर्णायक बन्यो।
समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्नेछ।
Shares
प्रतिक्रिया