ad ad

समाज


मधुसूदन पाठक ‘सिते बा’सँग सहकारी छानबिन समितिले लियो बयान

मधुसूदन पाठक ‘सिते बा’सँग सहकारी छानबिन समितिले लियो बयान

नेपालखबर
भदौ १, २०८१ शनिबार २१:२८, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कलाकार मधुसूदन पाठक (सिते बा) सँग बयान लिएको छ। 

शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा बोलाएर विभिन्न ८ वटा सहकारीको संलग्नताबारे सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। 

उनका अनुसार, पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन्। उनी अन्य ८ वटा सहकारीसँग आबद्ध रहेको थापाले बताएका छन्। 

‘सिते बा’ भनेर चिनिने कलाकार पाठक हाँस्य टेलिशृंखला ‘सक्किगो नि’बाट चर्चामा आएका हुन्। उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका थिए। तर, उनले चुनाव हारेका थिए।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ। आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो।

सभापति थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ भने अब समिति प्रतिवेदनमा केन्द्रित हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .