ad ad

समाज


मेषको बढुवा हुने, कुम्भको मायाप्रेम मौलाउने, तपाईँको के? हेर्नुस् ३२ साउनको राशिफल

मेषको बढुवा हुने, कुम्भको मायाप्रेम मौलाउने, तपाईँको के? हेर्नुस् ३२ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन ३२, २०८१ शुक्रबार ४:३८, काठमाडौँ

आज शुक्रबार, ३२ साउन २०८१ (१६ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणय सम्बन्ध प्रगाढ हुनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : झै-झमेलाको अवस्था आउला। घरको वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको कुभलो नचिताउने।

मिथुन : नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्रा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : अध्ययन-अध्यापन सफल रहनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। विलासी वस्तुको प्रयोगमा मन भुल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। छुट्टिएका आत्मीयजनसँग पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ। आफन्तको साथ र सहयोग पाइनेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : धार्मिक एवं सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : शुभ समाचार सुन्न पाइएला। सजिलै अरूको मन जित्न सकिनेछ। प्रेमी/प्रेमिकाबाट सहयोग प्राप्त हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : आकस्मिक धनलाभ हुनेछ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। मायाप्रेम मौलाउनेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ कालो रहेको छ भने अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको सुरुआत गर्ने। निलो रङको प्रयोग नगर्ने।

मीन : सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्ला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .