ad ad

कला


‘द फ्यामली म्यान’का डाइरेक्टरसँग सामन्थाको प्रेम सम्बन्ध!

‘द फ्यामली म्यान’का डाइरेक्टरसँग सामन्थाको प्रेम सम्बन्ध!

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १३:३५, काठमाडौँ

भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको व्यक्तिगत जीवन सधैँ चर्चामा हुन्छ। सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग उनको बिहे भएको थियो। तर, सन् २०२१ मा उनीहरुको सम्बन्ध विच्छेद भयो। 

हालै चैतन्यले शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरिसकेका छन्। 

यसैबीच, सामन्थाको व्यक्तिगत जीवनको नयाँ खबर बाहिरिएको छ। रिपोर्टका अनुसार उनी ‘द फ्यामली म्यान’ निर्देशक राज निदिमोरुलाई डेट गरिरहेकी छिन्। टाइम्स नाउको रिपोर्टका अनुसार सामन्था र राज प्रेमसम्बन्धमा छन्। 

राज र डीकेसँग सामन्थाको कार्य साझेदारीले यो खबरलाई झन बढवा दिएको छ। यस विषयमा दुवै पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

राज निदिमोरु ‘राज र डीके जोडी’को हिस्सा हुन्, जसले धेरै हिट फिल्महरू बनाएका छन्। सामन्थाले उनीसँग आगामी थ्रिलर श्रृंखला ‘सिटाडेलस् हनी बन्नी’ सहित धेरै प्रोजेक्टहरू पनि गरिसकेका छन्। राजको व्यक्तिगत जीवनको कुरा गर्दा उनले श्यामली डेसँग विवाह गरेका थिए।

सम्बन्धविच्छेदपछि सामन्थाले आफ्नो जीवनको बारेमा धेरै पटक खुलेर कुरा गरेकी छिन्। सन् २०२२ मा मायोसाइटिससँग लड्दै, उनले आफ्नो संघर्ष पनि सुनाइन्। 

भर्खरैको अन्तर्वार्तामा उनले विगत तीन वर्ष उनको लागि कठिन रहेको तर अहिले उनी शान्त र स्थिर रहेको बताइन्। सामन्थाको थ्रिलर श्रृंखला ‘सिटाडेलः हनी बन्नी’ यो नोभेम्बरमा रिलीज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .