ad ad

समाज


अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ७:४,

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई कारागार चलान गरिएको छ।

मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।

गिरी अदालतमा उपस्थित भएको जानकारी पाएलगतै प्रहरी त्यहाँ पुगेको थियो। उच्च अदालतले अनुयायीमाथि बलात्कार गरेको आरोपमा उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। गिरी भने अदालतमा बहस हुँदै गर्दा भारततिर भागेका थिए।

मंसिर १६ गते जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, जिल्लाको आदेश उच्च अदालतले उल्ट्याई दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .