ad ad

समाज


मेषको मन प्रसन्न हुने, वृषका अधुरा कामहरु बन्ने, तपाईँको के? हेर्नुहोस् २८ साउनको राशिफल

मेषको मन प्रसन्न हुने, वृषका अधुरा कामहरु बन्ने, तपाईँको के? हेर्नुहोस् २८ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन २८, २०८१ सोमबार ४:४०, काठमाडौँ

मेष : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।  

वृष : लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने। 

मिथुन : नयाँ कार्यको थालनी हुनेछ। आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

कर्कट : आँटे अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मन भावुक र उत्ताउलो बन्नसक्छ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ। मध्य दिनमा दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८ व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

सिंह : सफल यात्राको योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। बोलीको प्रभाव पनि बढ्नेछ।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१ यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने। 

कन्या : मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन्। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ। राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने।भरिसक्के लामो यात्रा नगर्ने। 

तुला : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। शुभ कार्यमा सरिक भइनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।   

वृश्चिक : मित्रहरूले दिएको वचन फेरिन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

धनु : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ मनोरञ्जनमा सहभागिता भइएला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।   

मकर : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

कुम्भ : अनुहारमा चमक र मनमा प्रसन्न छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइनेछ। कृषि कार्यहरू अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने। 

मीन : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। स्वास्थ्य समस्या बढ्नसक्छ तर आफन्तको साथ र सहयोग भने पाइनेछ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .