मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन्।
सुन्दरहरैचा नगरपालिका–१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाल ४१ वर्षीया श्रीमती पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा आइतबार पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो। यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
66
Shares
प्रतिक्रिया