ad ad

समाज


सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका युवकको मृत्यु

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १३:३१, काठमाडौँ

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ बलुवा भन्ने ठाउँमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ। 

बिहीबार साँझ प्रदेश २-०२-००१ च ०४८७ नम्बरको बोलेरोले प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सो दुर्घटनामा मोटरसाइकलमै सवार अर्का एक जना पनि घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

दुर्घटनापछि बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .