ad ad

समाज


सिराहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि चालकमाथि कुटपिट

सिराहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि चालकमाथि कुटपिट

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १३:४२, सिराहा

सिराहाको लहानमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने लहान नगरपालिका-१२ भोटिया चोकमा ना.१ क २०१० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय बद्री बिकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको हो। 

घटना विवरणअनुसार सडकमा बा ७२ प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लडेको थियो। लडेको मोटरसाइकका चालकलाई बद्री र उनको भाइ ईश्वर विकले उठाउने क्रममा तीव्रगतिमा आएको ट्रकले उनीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट घाइते भएका ईश्वरको विराट नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ। 

साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .